सुनचाँदीको मूल्य फेरि घट्यो, बजारमा प्रभाव

काठमाडौँ । बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । बुधबारको तुलनामा छापावाल सुन तोलामा १७०० रुपैयाँ घटेको हो । जसअनुसार बिहीबार छापावाल सुन तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार भने सोही सुन तोलामा २ लाख २३ हजार रुपैयाँ कायम थियो ।

यसैबीच चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ७०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  ११ : २१  बजे