रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं, ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकका लागि सातवटा मुख्य एजेण्डा तय गरिएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । उनले बैठकको क्रममा पत्रकारहरूसँग अन्तरक्रियाका लागि अपरान्ह १ बजे र बैठक सकिए पश्चात ४ बजेको लागि समय तोकिएको पनि जानकारी दिएका छन् ।

बैठकका एजेण्डामा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत, परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन रणनीति, पार्टीको महाधिवेशन लगायतका विषय छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  १० : ०४  बजे