सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ

काठमाडौँ, ६ असोज ।  सोमबार कार वासिङ सेन्टरको पार्किङमा रहेको ट्याक्सीबाट बरामद गरिएको हतियार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको रहेको पाइएको छ । प्रहरीले कार वासिङ सेन्टरको पार्किङबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित तारकेश्वर नगरपालिका( ५ लोलाङ बस्ने हीराबहादुर मगरलाई पक्राउ गरेको थियो ।
सोमबार काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट ७ थान पेस्तोल, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड र ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान बरामद भएको थियो ।​
यी हतियार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएका हीराबहादुरले बयान दिएका छन् ।
हीराबहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा हतियार फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए ।
हीराबहादुरले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते यी हतियार लुटेर आफ्नो ट्याक्सीमा राखेको बयान दिएका छन् ।
शुरूमा आवेशमा आएर हतियार गाडीमा हालिहाले पनि पछि कसरी तह लाउने भनेर आफ्नो दिमाग घुमेको उनले प्रहरीलाई बयान दिएका छन् ।
ुप्रहरीले मलाई खोजिरहेको पनि थाहा थियो । प्रहरीलाई नै बुझाउन जाउँ कि भन्ने पनि लागेको थियो । तर, ढिला भइसकेकाले मलाई उल्टै कारबाही होला भन्ने पनि डर लाग्यो, हीराबहादुरको बयान उदृत गर्दै एक प्रहरी अधिकारीले भने, ुयी हतियारहरू मैले बग्गीखानाबाटै लुटेर ट्याक्सीमा राखेको थिएँ । मबाट गल्ती भयो ।ुजनेजी आन्दोलनका क्रममा प्रदर्शनकारीले उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनी गर्नुका साथै लुटपाट समेत गरेका थिए ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  २१ : १२  बजे