काठमाडौं, ३ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले असन्तुष्ट युवालाई राजनीतिको मूलधारमा जोड्न पार्टीले पहल गर्ने बताउनुभएको छ । विमति राखेर होइन नवयुवालाई विश्वासमा लिएर हातेमालो गर्ने उहाँले बताउनुभयो । संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमाले नै जनताको भावना बुझ्ने उपयुक्त शक्ति हो भनेर युवालाई बुझाउने बताउनुभएको हो । ‘आज युवाहरुको असन्तोष राज्य र राजनीतिक दलको विरुद्धमा देखा परेको छ । हामी विश्वास गर्दछौं, ती युवालाई राजनीतिको मूलधारमा जोड्न सफल हुनेछौं, जसले असन्तोष प्रकट गर्नुभएको छ । नेकपा एमाले नै उपयुक्त शक्ति हो, देशभक्त शक्ति हो । राष्ट निर्माण र जनताको भावना बुझ्ने शक्ति स्थापना गर्ने शक्ति हो भनेर स्थापित गर्नेगरी काम गर्नेछौं ।’उहाँले भन्नुभयो । पोखरेलले अहिले असन्तुष्टि पोखेका युवालाई राजनीतिको मूलधारमा ल्याउने बताउनुभयो । ‘विमति राखेर होइन विश्वासमा लिएर नवयुवासँग हातेमालो गरेर राजनीतिको मूलधारमा जोडेर त्यो अभियान सफल पार्नेछौं,’ पोखरेलले भन्नुभयो ।
9
Shares








प्रतिक्रिया