काठमाडौं, ३ असोज । रुस र भियतनामले सम्भावित अमेरिकी तथा पश्चिमी प्रतिबन्धबाट जोगिन हतियार सम्झौताको भुक्तानी ऊर्जा नाफामार्फत लुकाउने संयन्त्र विकास गरेका खुलासा भएको छ ।
समाचार संस्था एपीले प्राप्त गरेको आन्तरिक भियतनामी कागजात अनुसार दुई देशबीच संयुक्त तेल–ग्यास उद्यमको नाफा प्रयोग गरेर ऋण तिर्ने र हतियार खरिद गर्ने व्यवस्था बनेको हो । यसले विश्वव्यापी बैंकिङ प्रणालीलाई बाइपास गर्छ ।
यस योजनाअन्तर्गत भियतनामले रुसबाट लडाकू विमान, ट्याङ्क जहाज ऋणमा लिएको र साइबेरियामा रहेको संयुक्त तेल कम्पनीको नाफाबाट किस्ता बुझाएको खबरमा उल्लेख छ । अमेरिकाले दक्षिणपूर्व एशियामा भियतनामसँग सम्बन्ध बलियो बनाउन खोजिरहेको तर ट्रम्प प्रशासनले रुसमाथि कडा प्रतिबन्धको धम्की दिइरहेको बेला यो खुलासा भएको हो ।
सन् २०२४ मा तयार गरिएको मेमो अनुसार भियतनामको नाफा रुस पठाइन्छ । त्यसपछि रुसी राज्य स्वामित्वको कम्पनी ‘जारुबेझनेफ्ट’ मार्फत फेरि भियतनामको पेट्रोभियतनाममा फिर्ता हुन्छ । यसरी रकम रुस र भियतनामभित्र मात्रै सर्छ र ‘स्विफ्ट’ प्रणालीबाट जोगिन्छ ।
यसअघि सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भियतनाम भ्रमणका क्रममा नयाँ ऊर्जा सम्झौताहरू भएको थियो भने सन् २०२६–२०३० को रक्षा–रणनीतिक साझेदारीमा पनि हस्ताक्षर भएको छ ।








प्रतिक्रिया