राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश

काठामाडौँ, २ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  १४ : १०  बजे