एनआइसी एसिया बैंकका सीईओ रोशन न्यौपानेले दिए राजीनामा

काठमाडौं, २ असोज । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्। उनले आज राजीनामा दिएका हुन् ।

स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका बताइउको छ । न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  १३ : ४२  बजे