राष्ट्रपतिले संविधान दिवस मनाउने

काठमाडौं, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस मनाउने भएका छन् । संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा कार्यक्रम राखेका छन् । उपस्थितिका लागि राष्ट्रपति पौडेलले विशिष्ठ व्यक्तिहरूलाई आमन्त्रण गरेका छन् ।

राष्ट्रपति पौडेलले यही असोज ३ गते शुक्रबार अपरान्ह साढे ३ बजे कार्यक्रम राखेका हुन् । सरकारले पनि संविधान दिवस मनाउँदै छ । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यकाअनुसार संविधान दिवस सामान्य रुपमा बनाउने तयारी सरकारको छ ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार  १४ : २२  बजे