काडमाडौं, ३ जेठ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल २०२५ पुनः आजबाट सुरू हुँदैछ । आतंककारी समुदायले काश्मीरको पहलगाममा २६ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दूर’ सुरू गरेपछि तनावको बीचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानका बीचमा तनाव व्यवस्थापन भई युद्धविराम भएपछि पुन आईपीएल खेल सुरू हुन लागेको हो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरेपछि अन्यौल छाएको थियो । आजको पहिलो खेल अर्थात ५८ औं म्याच बैंगलोर र कोलकाताबीच साँझ ७ः३० बजेबाट सुरू हुनेछ ।
प्रतिक्रिया