काठमाडौं, ३ जेठ । आइतबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको थियो । सोमबार छापावाल सुनको मूल्य ३७ सय रूपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रूपैयाँ कायम भएको थियो ।
फेरि मंगलबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको थियो । बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रूपैयाँ कायम भयो ।
बिहीबार फेरि छापावाल सुनको मूल्य ३५ सय रूपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएको थियो । शुक्रबार छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको छ । यो साता सुनको मूल्य समग्रमा ५७०० रुपैयाँले घटेको छ ।
प्रतिक्रिया