पेट्रोलियम पदार्थको भाउ यथावत

काठमाडौं, ३१ भदौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ यथावत राखेको छ । आसन्न चाडपर्व र देशको अहिलेको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट डिजेल र पेट्रोलको मूल्य बढेर आएको थियो । तर आसन्न चाडपर्वको अवसर र देशको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  ०७ : २०  बजे