सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० पुग्यो, चाँदी पाँच रुपैयाँले बढ्यो

काठमाडौं, ३० भदौ । नेपाली बजारमा सुनको मूल्य आज एक सय रुपैयाँले बढेको छ ।

सोमबार एक सय रुपैयाँले बढेर प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५७५ रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  ११ : ००  बजे