काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष्न ईश्वर पोखरेलले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितीमा धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल प्रयत्न आवश्यक भएको उल्लेख गरेका हुन् ।
‘जस्तोसुकै कठिन परिस्थितीमा पनि लोकतान्त्रिक पद्धती,बहुलबादी मूल्य मान्यता,सामाजिक न्याय,विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता,समर्थक,शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु’ पोखरेलले लेखेका छन् ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आन्दोलनका क्रममा भएको अस्वभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति,ऐतिहासिक सम्पदा,सार्वजनिक सम्पती,राजनीतिक दलका कार्यलय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पतिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा र भत्सर्ना पनि गरे ।
प्रतिक्रिया