मकवानपुर । बागमती प्रदेशसभा सदस्य शैलेन्द्र मान बज्राचार्यले पद बाट राजीनामा दिएका छन् । ‘हाम्रो नेपाली पार्टी’ बागमती प्रदेशका संसदीय दलका नेतासमेत रहेका बज्राचार्यले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
जेनजीको पक्षमा समर्थन गर्दै उनले पदबाट राजीनामाको घोषणा गरेको बताएका छन् । सकारात्मक सोचका साथ मेहनती र इमानदार बन्न आग्रह गर्दै उनले अब देश नेपाललाई दिनरात खटेर मौलिक विकास गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया