ट्रमा सेन्टरमा ८ जनाको मृत्यु, ६६ जना घाइतेको उपचार हुँदै (नामसहित)

काठमाडौँ – जेन–जी आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ।काठमाडौँमा १७ जनाले ज्यान गुमाएका छन् भने इटहरीमा दुई जनाको मृत्यु भएको छ।

काठमाडौँको ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ भने ६६ जना घाइतेको उपचार भइरहेको छ।ट्रमा सेन्टरले उपचारका क्रममा ज्यान गुमाउने र घाइतेहरूको विवरण सार्वजनिक गरेको छ।

ज्यान गुमाउनेहरूमा १९ वर्षीय श्रीराम चौलागाईं, २१ वर्षीय सुलभराज श्रेष्ठ, ४२ वर्षीय बुद्धिबहादुर तामाङ, अन्दाजी २८र२९ वर्षीय गौरव जोशी, २४र२५ वर्षीय सौरभ कटुवाल र २६ वर्षीय ईश्वतबहादुर अधिकारी छन्। ज्यान गुमाएका बाँकी दुई जनाको पहिचान खुलिनसकेको ट्रमा सेन्टरले जनाएको छ।

ट्रमा सेन्टरमा ज्यान गुमाउने र घाइतेहरूको विवरणः

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  १९ : ४१  बजे