काठमाडौँ । नेपाली कांग्रेसले आगामी कात्तिक १७ गते हुन लागेको प्रतिनिधिसभाको रुपन्देही क्षेत्र नम्बर ३ र मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारीलाई पत्र प्रदान गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ ।
सभापति देउवा निवास बुढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस्तो निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘उप–निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति श्री शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ बैठकपछि मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्यसचिव पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया