बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाको आवेदन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्। प्राधिकरणले गत साउन २३ गते सात दिनको म्याद राखेर आवेदन आह्वान गरेको थियो। अर्थ मन्त्रालयका अनुसार आवेदन दिनेहरूमा ललितपुरका घनश्याम बुढाथोकी, काठमाडौँका विक्रान्त पाण्डे, भक्तपुरका पारस काफ्ले, काठमाडौँका विष्णुबाबु मिश्र, काठमाडौँका बुद्धकाजी श्रेष्ठ, कास्कीका डा. दामोदर बसौला, काठमाडौँका चिन्तामणी शिवाकोटी, झापाका ज्ञानेन्द्र अधिकारी र मोरङका देवकुमार ढकाल रहेका छन् । त्यस्तै, लमजुङका प्रा.डा. दीपकबहादुर भण्डारी, काठमाडौँका डा. राजेन्द्र पण्डित, दाङका यज्ञप्रसाद न्यौपाने, काठमाडौँका रमेशकुमार भट्टराई र भक्तपुरका महेश्वर न्यौपानेले पनि आवेदन दिएका छन् । अबको प्रक्रिया राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले प्राप्त आवेदनहरूमध्येबाट योग्य उम्मेदवारहरूको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ। त्यसपछि नेपाल सरकारको निर्णयअनुसार बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरिनेछ।

प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार  १७ : १०  बजे