माछापुच्छ्रे बैंकको साधारण सभा असोज १० गते, बोनस र नगद लाभांश प्रस्ताव

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो २७ औं वार्षिक साधारण सभा असोज १० गते पोखराको होटल पोखरा ग्राण्डमा बोलाएको छ । यो सभा बिहान ११ बजे सुरु हुनेछ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यो सभा बोलाएको हो ।

सभाले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै, ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ ।

यसका लागि प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनी समूहबाट रिक्त रहेको सञ्चालक पदमा भएको नियुक्तिलाई अनुमोदन गर्ने एजेन्डा पनि सभामा समावेश गरिएको छ ।

प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार  १८ : १६  बजे