काठमाडौं। शुक्रबार छापावाल सुनको मूल्य २५ सय रूपैयाँले बढेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २५ सय रूपैयाँले बढेर २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले बढेर २ हजार ४ सय ९० कायम भएको छ ।
प्रतिक्रिया