एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा

काठमाडौँ, १९ भदौ ।एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले कुल लाभांशमध्ये १४ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

बैंकका अनुसार सेयरधनीलाई नगद लाभांशमार्फत तत्काल प्रत्यक्ष लाभ पुग्नेछ भने बोनस सेयरले भविष्यमा पुँजी वृद्धिमा टेवा पुग्नेछ । लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति लिनुपर्ने छ ।

वित्तीय संस्थामध्ये एभरेष्ट बैंकले विगतका वर्षहरूमा समेत स्थिर लाभांश वितरण गर्दै आएको छ । यसले बैंकप्रति सेयरधनीको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

बैंकले आगामी वर्षहरूमा अझ प्रभावकारी सेवा र डिजिटल प्रविधि विस्तारमार्फत आफ्नो बजार विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  १७ : ५२  बजे