काठमाडौं, १८ भदौ ।एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ ।
उक्त साझेदारी मार्फत एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । यस्तो व्यवस्थाबाट बैंकका ग्राहक तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुने बैंकले उल्लेख गरेको छ ।
बैंकले आज जारी गरेको विज्ञप्तिअनुसार बैंकका आफ्ना ग्राहक तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छूट पनि पाउनेछन् । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया