नेपाल एसबिआई बैंकलाई तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं , १८ भदौ । नेपाल एसबिआई बैंक लिमिटेडले इण्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ ।

बैंकले बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट, बेस्ट बैंक र बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी विधामा सम्मान पाएको हो । भारतको नयाँ दिल्लीमा सम्पन्न तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले पुरस्कार ग्रहण गरेका थिए ।

यी अवार्डहरूले बैंकको प्रभावकारी जोखिम व्यवस्थापन, सञ्चालन उत्कृष्टता तथा सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले विगत ३२ वर्षदेखि उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  ०९ : ०५  बजे