काठमाडौं, १७ भदौ । अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
११ टोली सहभागी टप एन्ड टी–२० सिरिजमा नेपाल समूह चरणबाट बाहिरिएको थियो । त्यसपछि पाँच वटा अभ्यास खेल खेलेको थियो । नेपालले अस्ट्रेलियाको स्थानीय क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध दुई वटा टी–२० अभ्यास खेल खेलेको थियो ।
नेपालले एसिटीविरुद्ध दुवै खेल जितेको थियो । त्यसपछि नेपालले साउथ अस्ट्रेलियासँगको दुई वटा टी–२० अभ्यास खेलेकोमा दुवैमा हार खेपेको थियो । त्यसपछि साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपाल दुई विकेटले विजयी भएको थियो ।
नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।
प्रतिक्रिया