काठमाडौं, १७ भदौ । नेपालकी उदाउदो गायिका तथा मोडल रिया खत्रीको नयाँ एकल म्युजिक भिडियो ‘कोशेली मलाई त केरा चाहिन्छझ सोमबार सार्वजनिक भएको छ । गीतमा रिया खत्री र कलाकार विश्वास नेपालको स्वर रहेको छ । गितमा शब्द राजेश नेपाल बबिनको रहेको छ भने सङ्गीत बिश्वास नेपालको रहेको छ भने भिडियोको निर्देशन चर्चित निर्देशक प्रकाश भट्टले गर्नुभएको छ । उक्त कोशेलीमा चर्चित मोडल लोमस शर्मा र गायिका रिया खत्रीले उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।
रियाको कोशेली आशा लाग्दो म्युजिक भिडियो बनेको निर्देशक प्रकाश भट्ट र गायक बिश्वास नेपालले बताउनुभयो । निर्देशक भट्टले भिडियो अत्यन्तै उत्कृष्ट बनेकाले एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गर्नुभएको छ । गित सार्वजनिक गरेसङ्गै उहाँ निकै उत्साहित भएको बताउनुभयो । रिया खत्रीको आधिकारिक युट्युब च्यानल“Riya Khatri Official”ले ६ महिनामै २३ हजार भन्दा बढी सब्सक्राइबर हासिल गरिसकेको छ भने उहााका विभिन्न लाईभ दोहोरी अन्य म्युजिक भिडियोलाई लाखौ दर्शकले हेरेर मन पराइसकेका छन् ।
आफ्नो मेहनतलाई मन पराई आफ्नो प्रस्तुती मन पराएकोमा दर्शक–स्रोताप्रति आभार प्रकट गर्दै उहाले कलाकारितामै आफ्नो भविष्य जोडिएको बताउनुभयो । रियाले आफ्नो कोशेली एकपटक हेरेर माया गरिदिनको लागि भगवानरुपी दर्शकलाई अनुरोध गर्नुभएको छ। हालसम्म उहाँले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा स्वर र अभिनय गर्दै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उपस्थिति दर्ज गराउनुभएको छ । नेपालका विभिन्न जिल्लाका महोत्सव तथा सांगीतिक कार्यक्रममा प्रस्तुतिसँगै उहाँले मलेसिया, सिङ्गापुर, भारतलगायत मुलुकमा समेत पुगेर आफ्नो प्रस्तुति दिईसक्नुभएको छ । सल्यान जिल्ला बागचौर नगरपालिका घर भएकी रियाले प्लस टु उत्तीर्ण गरेपछि थप अध्ययनका लागि काठमाडौं आउनुभएको थियो। २१ वर्षकै उमेरमा उल्लेखनीय सफलता हासिल गर्नुभएकी उहाँले कलाकारितालाई नै जीवनको प्रमुख पहिचान बनाएर अघि बढ्ने संकल्प व्यक्त गर्नुभएको छ ।
युट्युब लिङ्क

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया