एनआरएनए मलेसियामा लिम्बुको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति

क्वालालम्पुर, १५ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको २०२५–०२७ कार्यकालका लागि इन्द्रनारायण लिम्बु अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त विष्णु प्रसाद पौडेलले सबै पदमा एकल उम्मेद्वारी परेकाले सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो ।

अध्यक्षमा इन्द्र नारायण लिम्बु निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा दिल कुमार केरुङ निर्विरोध बन्नुभएको छ । उपाध्यक्षमा श्रद्धा देवान, बालधोज लिम्बु, टिकाराम अधिकारी, बिष्णु चौधरी, बिनोद कुमार यादव र बिमल कुमार राना निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा शान्ति थापा निर्वाचित हुनुभएको छ ।

युवा संयोजकमा मातृका खतिवडा र महिला संयोजकमा इन्दु बस्नेत निर्विरोध बन्नुभएको छ । महासचिवमा प्रमोद शर्मा निर्वाचित भएका छन् भने सचिवमा रामकृष्ण कार्की र सबिन कुमार लोप्चन निर्विरोध निर्वाचित हुनुभयो । सह–सचिवमा विकेन्द्र लिम्बु मादेन, कोषाध्यक्षमा सन्तोष केसी र सह–कोषाध्यक्षमा राम खड्का निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा बिशाल नेगी, राम बहादुर गुरुङ, अर्जुनबहादुर कार्की, सुमन कार्की, जयराम तिमील्सिना, भेख बहादुर घिमिरे, इश्वरकुमार आले मगर, प्रकाश गिरि, सायम्पा घले, प्रमोद कुमार महत्तो, जय प्रकास साह, डिल्ली न्यौपाने, सेर बहादुर गुरुङ, सन्जिप लिम्बु, दिपक थापा, राजेन्द्र लिङ्देन, रामबहादुर चन्द, राजेन्द्र घिमिरे, सन्तोष अधिकारी, शिब शंकर साह, मणी कुमार थापा, सुरज श्रेष्ठ, जितेन्द्रकुमार साह, शिव थापा, राजु श्रेष्ठ, पासाङ लामा, भोजकुमारी सुबेदी र कृष्णबहादुर खत्री चयन हुनभयो ।

निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण निर्विरोध निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गरेको छ । एनआरएनए मलेसियाको अधिवेशन भने आइतबार तय भएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १६ : २८  बजे