सिरहा, १५ भदौ । गोलबजार नगरपालिका–३ चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ । ‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको निर्माणाधीन ट्याङ्कीको ६० प्रतिशत काम सम्पन्न भएसँगै जमदहका बासिन्दाको खानेपानी समस्या समाधान हुने चरणमा पुगेको हो ।
एकहत्तर लाखको लागतमा निर्माणाधीन आयोजनामा स्थानीयको श्रमदान र नगरपालिकाले सहयोग गरेको छ । हालसम्म पाइप बिछ्याउने र धारा जडान भइसकेको छभने अन्य संरचना पनि धमाधम निर्माण भइरहेका छन् । हाल अस्थायी संरचना प्रयोग गरी ५१ घरमा स्वच्छ खानेपानी आपूर्ति भइसकेको छ ।
प्रतिक्रिया