काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू दुई लाख तीन हजार ६०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रबारको कारोबार मूल्यभन्दा आज सुनको मूल्य प्रतितोला रू तीन हजारले बढेको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार ४२५ कायम भएको छ ।
प्रतिक्रिया