मिथिलाञ्चलमा आज राधाष्टमी उत्सव मनाइँदै

त्रिवेणी (रुकुमपश्चिम), १५ भदौ । पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक आज बिहानदेखि अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १२ : २३  बजे