बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ भदौ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल इस्योर रेटिङ प्रदान गरेको छ । जसले मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड हो ।

यसअघि साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिएको आईपीओको बाँडफाँड भइसकेको छ । कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार  १० : ०९  बजे