काठमाडौं, ११ भदौ । नेकपा एमालेका नेता ऐन महरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। एक महिलाले उनीविरुद्ध साइबर व्युरोमा उजुरी दिएपछि प्रहरीले महरलाई नियन्त्रणमा लिएको हो। व्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले महरविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी आफैं उपस्थित भएको हो।
‘एक महिलाको उजुरीका आधारमा उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ पूर्जी जारी भएपछि उहाँ व्युरोमा उपस्थित हुनुभयो। अहिले उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ,’ प्रवक्ता एसपी अवस्थीले भन्नुभयो । एमाले केन्द्रीय सदस्यसमेत रहेका महरलाई म्याद थपका लागि प्रशासनमा उपस्थित गराइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया