नेपाल र वेस्ट इन्डिज सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाललाई

काठमाडौं, ११ भदौ । नेपाल र वेस्ट इन्डिजबिचको टी–२० सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाल प्रा.लिले पाएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सेप्टेम्बर २७ देखि ३० तारिखसम्म यूएईमा हुने सिरिजको प्रशारण अधिकार रुटिन अफ नेपाल प्रालिलाई दिइएको हो ।

अक्टुबर १ देखि १७ सम्मसम्म ओमानमा हुने विश्वकप लिग–२ को तयारी स्वरूप नेपालले वेस्ट इन्डिजसँग यूएइमा टी–२० सिरिज खेल्न लागेको हो ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार  १४ : ५०  बजे