आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, ११ भदौ । अघिल्लो दिनको तुलनामा आज मनसुन केही सक्रिय रहने मौसमविदले पूर्वानुमान गरेका छन् । केही दिनयता चर्को घाम लागेकोमा आज देशभर साधारणतया बदली हुने हुँदा केही शीतल महसुस हुनेछ । त्यतिमात्र होइन आज धेरैजसो ठाउँमा मध्यम वर्षाको समेत सम्भावना छ ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मौसमविद हरिप्रसाद दाहालले आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो।भोलि र पर्सि भने गण्डकीदेखि पश्चिमका भूभागमा अलि बढी पानी पर्ने सम्भावना रहेको समेत बताउनुभयो । ‘आज धेरैजसो ठाउँमा मध्यम वर्षाको सम्भावना छ,’ मौसमविद दाहालले भन्नुभयो, ‘भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका भूभागमा अलि धेरै पानी पर्ने सम्भावना छ ।’कुनै–कुनै ठाउँमा भारी वर्षा पनि हुनसक्ने उनले बताए । तर भारी वर्षा सबैतिर एकनासले नभई खण्डित रुपमा हुने उहाँको भनाइ छ ।

प्रकाशित मिति: ११ भाद्र २०८२, बुधबार  ०७ : २८  बजे