काठमाडौं, ८ भदौ । काठमाडौँको गोंगबुबाट नक्कली सुनसहित एक जना पक्राउ परेका छन्। गोंगबुको क्वालेटी क्याफेमा सुनको खरिदबिक्री भइरहेको सूचनापछि पुगेको प्रहरीले सोलुखुम्बुको दूधकुण्ड नगरपालिका १ टाक्सिन्दुका ३३ वर्षीय लाक्पा शेर्पालाई पक्राउ गरेको हो।उनको साथबाट ‘वान केजी फाइन गोल्ड ९९९’ लेखिएको एक थान सुनको डल्ला बरामद गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिनुभयो । उनले यसअघि पनि विभिन्न व्यक्तिहरूलाई झुक्याएर नक्कली सुन बिक्री गरेको खुलेको छ। उनलाई आइतबार थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको एसपी जिसीले बताउनुभयो ।
9
Shares
प्रतिक्रिया