विपिन जोशीकी आमा र बहिनीले भेटे प्रधानमन्त्री

काठमाडौं, ७ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गर्नुभएको छ । हालै इजरायलबाट फर्केका उहाँहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । दुबै जना विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्किनुभएका हो । शनिबारको भेटपछि प्रधानमन्त्रीले विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको फेसबुकमार्फत जनाउनुभएको छ ।

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार  १९ : ३८  बजे