टप टी–२० सिरिज : पाकिस्तानविरुद्ध नेपालको कसिलो बलिङ

काठमाडौं, ६ भदौ । टप एण्ड टी–२० सिरिजमा आज नेपाल र पाकिस्तानको प्रतिस्पर्धा जारी छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ । ११ औँ ओभरको समाप्तिमा नेपालले ६ विकेट लिएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट हात पार्नुभएको हो । ११ औं ओभरको समाप्तिमा पाकिस्तानले ६ विकेटको क्षतिमा ६२ रन बनाएको छ ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान भने ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  १६ : ४८  बजे