बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं, ६ भदौ । काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको हो । बिहानीपख वर्षा रोकिएकाले अहिले अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०७ : ३८  बजे