काठमाडौं महानगरको मेगा अभियान, आज ‘वाक एण्ड एक्ट’ कार्यक्रम

काठमाडौं, ६ भदौ ।  बेलाबेलामा औषधि छर्किएर लामखुट्टे मार्ने काम हुँदै आए पनि डेंगु नियन्त्रण चुनौतिको विषय बन्दै आएको छ ।६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि आज एकदिने मेगा अभियान सञ्चालन गर्दैछ ।बिहान ८ बजे राष्ट्रिय सभागृहबाट सुरु हुने अभियानलाई ‘वाक एन्ड एक्ट’ नाम दिइएको छ ।यस अभियानको क्रममा लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिनुभयो । गत साउन २७ गतेको विभागीय स्तरीय निर्णयअनुसार महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगु रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘वाक एन्ड एक्ट’ मेगा अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । यसअघि यस्तो अभियान महानगरपालिकाले हरेक हप्ताको शुक्रबार गर्दै आएको थियो ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०७ : २६  बजे