काठमाडौँ, ५ भदौ। वैदेशिक रोजगारीका लागि कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने ३८ वर्षीया साहारा सुव्वा (थेवे)लाई बुधबार प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुरको ललितपुर महानगरपालिका(२८ हरिसिद्धिबाट पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितबाट कोरिया पठाइदिन्छु भनि १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
12
Shares








प्रतिक्रिया