काठमाडौं, ५ भदौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूभित्र विकृति, विसङ्गति फस्टाएको बताउनुभएको छ । काठमाण्डौको बानेश्वर थापागाउँमा आज सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उहाँले राजनीतिमा रहेको विकृतिलाई समाधान गर्न दलहरूले नसकेको बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले संसद् अहिले निरीह थलो भएको समेत टिप्पणी गर्नुभएको छ । ठूला दलहरू आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरे पनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको उहाँले बताउनुभयो ।
आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि भण्डारीले स्पष्ट पार्नुभयो । आफूलाई केही नेताले मान्ने गरेको तर च्यासलले सङ्गठित सदस्यमै प्रश्न उठाएको उहाँको टिप्पणी छ ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रका विषयमा खुट्टाले टेकेर हिँड्नुपर्नेमा टाउकाले टेकेर हिँडिरहेको समेत बताउनुभएको छ ।








प्रतिक्रिया