उपचार गरेर घर फर्किँदा बगायो खोलाले, बालिकाको मृत्यु

अछाम, ५ भदौ । खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । उपचार गरेर घर फर्कने क्रममा मेल्लेख गाउँपालिका–४ कुस्कोट निवासी खडक साउँदकी ७ वर्षीया छोरी कृति साउँदको मृत्यु भएको हो ।

मामा घर साँफेबगर नगरपालिका–१३ बाब्लाबाट उपचार गरेर सोही वडाको बुढाबगर बजारबाट फर्किने क्रममो साँघुरोबाटबाट इकडी खोलामा खसेपछि बगेर मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

इकडी खोलाले बगाएपछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दा तीन किलोमिटर तल मृत अवस्थामा भेटिएको बताइएको छ ।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार  ११ : २४  बजे