एमालेले बोलायो आकस्मिक बैठक

काठमाडौं, ३ भदौ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन ।

साढे दश बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको बैठक भोलि बस्दैछ । त्यसअगाडि आज एमालेले संसदीय दलको बैठक आकस्मिक रुपमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार  १० : ४०  बजे