काठमाडौं, ३१ साउन । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूमा फास्टफुड एसोसिएसन नेपालका व्यवसायीहरुको चार दिने बृहत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
‘नियमित स्वास्थ्य परीक्षण गरौँ, सम्भावित स्वास्थ्य जोखिमबाट बचौँ’ भन्ने मूल नारासहित सहित बृहत स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको हो । (श्रावण २७ देखि ३० गते) चार दिनसम्म चलेको कार्यक्रममा २ सय ८१ जना व्यवसायीको सम्पूर्ण स्वास्थ्य परीक्षण अर्थात(Whole Body Check-up) गरिएको फास्टफुड एसोसिएसन नेपालले जनाएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष होमराज श्रेष्ठले गर्नुभएको थियो भने संयोजन स्वास्थ्य विभाग प्रमुख तथा कार्यक्रम संयोजक कुमार भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा सम्पूर्ण कार्यसमिति, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, पूर्वअध्यक्ष, सल्लाहकार, काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका व्यवसायी तथा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्वास्थ्य सेवाबाट व्यवसायीहरू प्रत्यक्ष लाभान्वित भएका उल्लेख गर्दै महासचिव राकेश श्रेष्ठले मनमोहन मेमोरियल मेडिकल कलेजप्रति धन्यवाद व्यक्त गर्नुभयो।यसै क्रममा फास्टफुड एसोसिएसन नेपाल र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालबीच अस्पतालमा उपलब्ध हुने स्वास्थ्य सेवासम्बन्धी सम्झौता पनि सम्पन्न भएको छ।
सम्झौताअनुसार फास्टफुड एसोसिएसन नेपाल अन्तर्गतका व्यवसायी सदस्य, फास्टफुड रेस्टुरेन्ट व्यवसायी, शेयर सदस्य, व्यवसायीका परिवार, कार्यरत श्रमिक तथा ‘फास्टफ्यान नेपाल’ बाट सिफारिस प्राप्त व्यक्तिहरूलाई अस्पतालमा प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराइनेछ।सम्झौताअनुसार नियमित स्वास्थ्य परीक्षण, ल्याब, एक्स(रे, भिडियो एक्स(रे, ईसीजी, ईको, आईसीयू, भेन्टिलेटर, अपरेसनसहितका सम्पूर्ण सेवामा सदस्यहरूलाई सुविधा दिइने छ ।सम्झौतामा फास्टफुड एसोसिएसन नेपालका अध्यक्ष होमराज श्रेष्ठ, उपाध्यक्ष रामकाजी भण्डारी, महासचिव राकेश श्रेष्ठ, सचिव तथा स्वास्थ्य विभाग प्रमुख कुमार भण्डारी र अस्पतालतर्फबाट कार्यकारी अध्यक्ष डा। एन। शर्मा, कार्यकारी निर्देशक डा. मुझ श्रेष्ठ र मेडिकल डाइरेक्टर डा. निराजन सुवेदीले हस्ताक्षर गर्नुभएको छ।
 
 
 
 
 
 
 
 

                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        






प्रतिक्रिया