जम्मु कस्मिर बाढीको कहरमा ज्यान गुमाउने ३३ पुगे, २ सयभन्दा बढी बेपत्ता

काठमाडौं, २९ साउन ।  जम्मू कस्मिरको किस्तवाडस्थित मचैल माता मन्दिर नजिकै बिहीबार आएको भीषण वर्षापछिको बाढीमा ३३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढीको उद्धार गरिएको छ।

घटनामा १ सय २० भन्दा बढी घाइते र २ सय भन्दा बढी बेपत्ता भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाको जानकारी पाउने बित्तिकै राहत र उद्धार टोली घटनास्थलमा पठाइएको र ठूलो अपरेसन सुरु गरिएको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्।

केन्द्रीय मन्त्री जितेन्द्र सिंहले घटनामा ठूलो मानवीय क्षति हुन सक्ने बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो भीषण बाढीको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  २० : ३५  बजे