तीन दिनको गिरावटपछि नेप्से हरियो, कारोवार रकम ७ अर्ब नाघ्यो

काठमाडौं, २९ साउन । सेयर कारोवारको साताको अन्तिम दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । लगातार तीन दिनसम्म ओरालो लागेको नेपाली सेयर बजार आज सामान्य सुधार देखिएको हो ।

नेप्से परिसूचक २.६२ अंकले वृद्धि भई २७८८.०६ अंकमा कायम भएको छ । आजको कारोबारको सुरुवातदेखि नै बजारमा सुधारको संकेत देखिएको थियो । कारोवारका क्रममा नेप्से सूचक दुई पटक २८०० अंक माथि पुगेको थियो ।

तर, दिउँसो १ः४० बजेपछि लगानीकर्तामा देखिएको सतर्कता र मुनाफा बुकिङ प्रवृत्तिका कारण सूचक केही घटेर बन्द भएको हो ।

बजार सुधारसँगै कारोवार रकममा पनि उल्लेखनीय वृद्धि देखिएको छ । अघिल्लो दिन ६ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोवार भएकोमा आज ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  १६ : ५८  बजे