विराटनगर, २८ साउन । बाल सुधारगृहमा झडप हुँदा प्रहरी हवल्दार घाइते हुनुभएको छ । विराटनगर–३ मा रहेको बाल सुधारगृहमा बस्दै आएका बाल बिझ्याइँकर्ताहरुको समूह हुल बाँधेर बाहिर निस्किन खोजेपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीसँग झडप भएको हो ।
झडपमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी हवल्दार हिरणकुमार मण्डल घाइते हुनुभएको छ । अर्का एक जना कर्मचारी पनि घाइते भएको प्रहरीले जनाएको छ । झपडपछि सुधारगृहबाट ठूलो सङ्ख्यामा बिझ्याइँकर्ताहरु बाहिर निस्किएको र केही फर्केको बताइएको छ ।
अहिले सुधारगृह प्रहरीले नियन्त्रणमा लिएको छ । गृहमा के–कति बालक छन् त्यसको गणना गर्ने काम भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
प्रतिक्रिया