काठमाडौं, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत प्राप्त गर्नुभएको हो । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँ आफ्नै पार्टीका नेता बहादुर सिंह लामालाई अविश्वासको प्रस्तावले हटाउँदै मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिनुभएको हो । बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले ह्विप नै लगाएका थिए ।
प्रतिक्रिया