युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ : प्रधानमन्त्री ओली

काठमाडौं, २७ साउन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना दिदै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य भएको बताउनुभएको छ । सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने बताउदै प्रधानमन्त्री ओलीले संसारभरका युवाहरुलाई शुभकामना दिनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्दै भन्नुभएको छ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस। सन् १९९९ मा संयुक्त राष्ट्रसंघले युवाहरूको योगदान,अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा ग¥यो। पहिलो पटक सन् २००० मा युवा दिवस मनाइएको थियो। यसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिएको छ। फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ। संसारभरका युवाहरुलाई शुभकामना।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  १० : ०५  बजे