काठमाडौं, २५ साउन । रामेछापको मन्थली नगरपालिकाको बोक्से पहरामा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान मन्थली–खुर्कोट सडकखण्डको बोक्से पहराबाट बीएसी ९४६३ ९बा १३ च ३९३४०नम्बरको बोलेरो खस्दा मन्थली नगरपालिका–१ की राधा कार्की चौहानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी वरिष्ठ हबल्दार अशोक श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा चालक एवम् श्रीमान उत्तम चौहान घाइते भएका छन्। घाइते चौहानको मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार गरेपश्चात धुलिखेल अस्पतालमा रेफर गरिएको छ। उनको अनुहारमा चोट लागेको छ। प्रहरीका अनुसार स्थानीय र सुरक्षाकर्मीको सहयोगमा भीरबाट महिलाको शव निकालिएको छ। उनीहरू बिहान ५ बजेतिर मन्थलीबाट हेटौंडा जाँदै थिए। गाडीमा दुई जनामात्र सवार थिए।
प्रतिक्रिया