सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं, २३ साउन । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यअनुसार सुनको मूल्य प्रतितोला रु. एक लाख ९९ हजार ४०० पुगेको छ ।

आज प्रतितोला रु. एक लाख ९८ हजार ४०० मा कारोबार भएको छापावाला सुन आज तोलामा रु। एक हजारले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले वृद्धि भएको छ । आज प्रतितोला रु. दुई हजार ३१५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु. दुई हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: २३ श्रावण २०८२, शुक्रबार  १३ : ०५  बजे