भारतले धौलीगंगा बाँधको ढोका खोल्ने भएकाले महाकाली किनारका बासिन्दालाई सतर्क रहन आग्रह

काठमाडौँ, २० साउन । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएकाले महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

उत्तराखण्डमा रहेको जलविद्युत् परियोजना सिल्ट सफाइका लागि बाँधको ढोका खोल्ने भनेर भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

अहिले बिहान ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म र त्यसपछि पनि महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  ०७ : १६  बजे